२०८३, आश्विन २२ गते

images
  • समाचार
  • स्याटेलाइट प्रयोग गरी नेपालको कृषिक्षेत्र पहिचान...

स्याटेलाइट प्रयोग गरी नेपालको कृषिक्षेत्र पहिचान गरीने

स्याटेलाइट प्रयोग गरी नेपालको कृषिक्षेत्र पहिचान गरीने

सीएनएन खबर
शनिवार, बैशाख १३ २०८२०९:००
सीएनएन खबर
शनिवार, बैशाख १३ २०८२०९:००
  • images

    काठमाडौँ । नेपाल मैदा उद्योग संघ र भारतको कृषि सूचना तथा परामर्श सेवा प्रदायक संस्था एग्रीवाचबीच सहकार्यको लागि सम्झौता भएको छ । सम्झौता अनुसार भू–उपग्रह (स्याटेलाइट) प्रविधिको प्रयोग गरी नेपालको कृषिक्षेत्र पहिचान, विश्लेषण र परामर्श प्रदान गरिनेछ । निजी क्षेत्रबाट यस प्रकारको पहल पहिलो पटक भएको हो ।

    नेपाल मैदा उद्योग संघको २४औं वार्षिक साधारण सभाका अवसरमा शुक्रबार उक्त सम्झौता भएको हो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री माननीय दामोदर भण्डारीको प्रमुख आतिथ्यतामा र संघका अध्यक्ष श्री कुमुद दुगडको सभापतित्वमा भएको साधारण सभामा उक्त सम्झौता भएको हो ।

    सम्झौताबाट हुने लाभ

    एग्रीवाचसँगको सहकार्यबाट नेपालले कृषि बजार मूल्य संकलन, दैनिक, साप्ताहिक र मासिक बजार विश्लेषणजस्ता सेवा पाउनेछ । यसबाट कृषक र व्यापारीलाई सही निर्णय लिन सहयोग पुग्ने विश्वास गरिएको छ ।

    यसका साथै, कृषि वस्तुहरूको उत्पादन, उपभोग, आयात–निर्यात विश्लेषण, बजार प्रवृत्तिको मूल्यांकन, बीउ, मल तथा अन्य कृषि निवेशसम्बन्धी अध्ययन र सल्लाह पनि उपलब्ध हुनेछन् ।

    डिजिटल कृषि समाधान अन्तर्गत एआई आधारित बाली विश्लेषण, व्यक्तिगत कृषि परामर्श तथा बजार जडान सेवाहरू पनि उपलब्ध हुनेछन् । यसले कृषकहरूलाई आधुनिक प्रविधि अपनाउन सहज बनाउनेछ र सरकारले भविष्यमा अपनाउनु पर्ने कृषि रणनीति निर्माणमा सघाउनेछ ।

    भारतीय सहभागिता

    कार्यक्रममा भारत सरकार अन्तर्गतको राष्ट्रिय सहकारी निर्यात लिमिटेडका प्रबन्ध निर्देशक  अनुपम कौशिकको विशेष उपस्थिति रहेको थियो । भारत सरकारले कृषि वस्तु निर्यात, कोटा व्यवस्थापन लगायतका अधिकार यस संस्थालाई दिएको छ । विगतमा नेपालले आयात गरेका गहुँ र चिनी जस्ता खाद्यान्न यिनैको माध्यमबाट ल्याइएको हो ।

    नेपाल–भारत कृषि सहकार्यलाई अझ सुदृढ बनाउने उद्देश्यले कौशिकलाई विशेष आमन्त्रणमा नेपाल ल्याइएको संघले जनाएको छ । सो अवसरमा नेपालकै जेठो मैदा उद्योग, खाद्य उद्योग लिमिटेड, तथा संघका संस्थापक अध्यक्ष श्री रविन्द्र बहादुर श्रेष्ठलाई दोसल्ला ओढाएर विशेष सम्मान प्रदान गरिएको  छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend