२०८३, आश्विन २२ गते

images
  • समाचार
  • आन्दोलनरत शिक्षक र सरकारबीच सिंहदरबारमा वार्ता...

आन्दोलनरत शिक्षक र सरकारबीच सिंहदरबारमा वार्ता सुरु, होला त सहमति

आन्दोलनरत शिक्षक र सरकारबीच सिंहदरबारमा वार्ता सुरु, होला त सहमति

शनिवार, बैशाख १३ २०८२०९:०८
शनिवार, बैशाख १३ २०८२०९:०८
  • images

    काठमाडौँ । २५ दिनदेखि प्रदर्शनरत शिक्षक र सरकारबीच सिंहदरबारमा वार्ता सुरु भएको छ। काठमाडौंमा आन्दोलित शिक्षकका माग सम्बोधनका लागि शिक्षामन्त्री रघुजी पन्तको आह्वानमा वार्ता सुरु भएको हो। शनिबार बिहान शिक्षक महासंघका अध्यक्ष तथा अन्य पदाधिकारीसँग वार्ता भइरहेको छ।

    शिक्षा मन्त्रालयमा जारी वार्तामा शिक्षा सचिव दीपक काफ्ले, नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी, शिक्षक महासंघकी सहअध्यक्ष तथा आन्दोलनकी संयोजक नानुमाया पराजुली र महासचिव तुलाबहादुर थापा सहभागी छन्।

    शिक्षामन्त्री पन्तको सचिवालयका अनुसार अहिले शिक्षकका माग सम्बोधनका लागि मन्त्रीकै सहभागितामा छलफल जारी छ। शुक्रबारको वार्ता बिथोलिएपछि मन्त्रालयले शनिबार बिहानका लागि वार्ता गर्न शिक्षक महासंघका अध्यक्ष र पदाधिकारीलाई आह्वान गरेको थियो। शिक्षकले चैत २० गतेदेखिको आन्दोलनलाई निरन्तरता दिँदै आएका छन्।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend