काठमाडौँ । साताको पहिलो कारोबार दिन सुनको मूल्य न्यून बढेको छ । नेपाल सुनचाँदी व्यवासायी महासंघले सार्वजनिक गरेको तथ्यांक अनुसार आइतबार सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले बढेको हो ।
महासंघका अनुसार आइतबारका लागि सुन प्रतितोला एक लाख ८९ हजार ७ सय रुपैयाँ तोकिएको छ । शुक्रबार तोलाको एक लाख ८९ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य १० रुपैयाँले घटेर तोलाको एक हजार ९ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।

