काठमाडौं । आइतबार सेयर बजार झिनो अंकले बृद्धि भएको छ । आज नेप्से परिसूचक ५.९८ अंकले बढेर २६६४.०१ को बिन्दुमा कायम भएको छ । आइतबार ३१४ वटा कम्पनीको दुई करोड ८४ लाख ३८ हजार कित्ता शेयर खरिद–बिक्री हुँदा १० अर्ब ८७ करोड ५९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । सेयर कारोबारमा बढोत्तरी भएको छ ।
आज बैंकिङ्ग, फाइनान्स, माइक्रोफाइनान्स र ननलाइफ इन्स्योरेन्स इन्डेक्सहरु राताम्मे बनेका छन् भने यी बाहेकका अन्य इन्डेक्सहरुमा हरियाली छाएको छ ।
आइतबार कुल १०४ वटा कम्पनीको शेयरमूल्यमा हरियाली छाएको छ भने १४१ वटा कम्पनीको शेयरमूल्यमा भारी गिरावट आएको छ । आज ङादी ग्रुपको सबैभन्दा बढी कारोबार भएको छ भने, दुई वटा बीमा कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

