काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले दिएको राजीनामा स्वीकृत गर्न कामु गभर्नर नीलम तिम्सिना ढुंगानालाई निर्देशन दिएका छन्।
मन्त्रालय स्रोतका अनुसार आइतबार मन्त्रालयमा भएको भेटमा पौडेलले ढुंगानालाई यस्तो निर्देशन दिएका हुन्।
सत्तारूढ गठबन्धनका प्रमुख दलहरू नेपाली कांग्रेस र नेकपा (एमाले) बीच डा. भट्टलाई राष्ट्र बैंकको गभर्नर नियुक्त गर्ने सहमति भएको चर्चा सार्वजनिक भएपछि भट्टले कार्यकारी निर्देशक पदबाट राजीनामा दिएका थिए।
यद्यपि, कामु गभर्नर ढुंगानाले हालसम्म उक्त राजीनामा स्वीकृत नगरेको आशंका गरिएको छ।

