२०८३, आश्विन २२ गते

images

तोलामा एक हजार ४ सयले घट्यो सुनको मूल्य

तोलामा एक हजार ४ सयले घट्यो सुनको मूल्य

सोमवार, बैशाख १५ २०८२१०:४४
सोमवार, बैशाख १५ २०८२१०:४४
  • images

    काठमाडौँ । साताको दोस्रो कारोबार दिन सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । आज सुन प्रतितोला एक हजार ४ सय रुपैयाँले घटेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलाको एक लाख  ८८ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन आइतबार सुन तोलाको एक लाख ८९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।

    यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी २० रुपैयाँले घटेको हो । महासंघको अनुसार आज चाँदी एक हजार ९७० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी एक हजार ९९० रुपैयाँमा कारोबार भएको थियो। 

    आज प्रति १० ग्राम सुनको मूल्य एक लाख ६१ हजार ४३५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य एक हजार ६८९ रुपैयाँ  कायम भएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend