२०८३, आश्विन २२ गते

images

दोहोरो अकंले घट्यो सेयर बजार

दोहोरो अकंले घट्यो सेयर बजार

सोमवार, बैशाख १५ २०८२०३:२५
सोमवार, बैशाख १५ २०८२०३:२५
  • images

    काठमाडौं । निरन्तर दुई दिन बढेको बजार आज भने दोहोरो अकंले घट्नु पुगेको छ ।  आज नेप्से १४.५८ अकंले घटेर २६४७.०२ बिन्दुमा कायम भएको छ । आज ३२७ कम्पनीको २ करोड ३६ लाख कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ९१ करोडको कारोबार भएको हो ।

    यसदिन ९ उपसूचक राताम्य भएका छन् भने ४ वटा मात्रै वृद्धि भएका छन् । आज ७८ कम्पनीको सेयरमूल्य बढ्दा १६७ कम्पनीको घटेको छ । आज सबैभन्दा धेरै ङादी ग्रुप पावरको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ७० करोड ९४ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

     आज सबैभन्दा धेरै नेपाल माइक्रो इन्स्योरेन्सका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । आज सबैभन्दा धेरै सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले गुमाएका छन् । आज यसका लगानीकर्ताले ८.९३ प्रतिशतका दरले कमाएका हुन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend