२०८३, आश्विन २२ गते

images
  • समाचार
  • चार सहसचिवको सरुवा, कहाँ कसले पाए...

चार सहसचिवको सरुवा, कहाँ कसले पाए जिम्मेवारी ?

चार सहसचिवको सरुवा, कहाँ कसले पाए जिम्मेवारी ?

मंगलवार, बैशाख १६ २०८२०६:२६
मंगलवार, बैशाख १६ २०८२०६:२६
  • images

    काठमाडौँ । सरकारले चार जना सहसचिवको सरुवा गरेको छ । गृह मन्त्रालयले सरुवा गरेको चार सहसचिवमध्ये ३ जनालाई प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिईएको छ । तनहुँ, रामेछाप र दैलेखका प्रमुख जिल्ला अधिकारी र मन्त्रालयका सहसचिवहरूलाई सरुवा गरिएको हो । 

    जसअनुसार तनहुँका प्रजिअ एवं सहसचिव श्याम कृष्ण थापालाई जिल्ला प्रशासन कार्यालय रामेछाप, रामेछापका प्रमुख जिल्ला अधिकारी एवं उपसचिव राजु प्रसाद पौडेल र दैलेखका प्रमुख जिल्ला अधिकारी नवराज जैसीलाई गृह मन्त्रालयमा सरुवा गरिएको छ ।

    यसैगरी मन्त्रालयका सहसचिव रामकृष्ण अधिकारीलाई जिल्ला प्रशासन कार्यालय तनहुँको प्रजिअमा पदस्थापन गरिएको छ भने बद्रीनाथ गैह्रेलाई दैलेख र बन्धुप्रसाद बास्तोलालाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा कामकाजका लागि पठाइएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend