काठमाडौं । आइतबार सकारात्मक लयमा फकर्ने बाटो बनाएको शेयर बजार सोमबार १४ अंकले घटेर आज पनि पुन ओरालो लागेको छ । साताको तेस्रो दिन ११।६४ अंकले घट्दा २६३५।४२ को विन्दुमा कायम भएको छ ।
आज म्युचुअल फण्ड र ट्रेडिङ बाहेक सबैको उपसूचकमा गिरावट आएको छ । ३११ सूचीकृत कम्पनीको १ करोड ८४ लाख कित्ता शेयर खरिदबिक्रि हुँदा ७ अर्ब ५७ करोड रुपैयाँ बराबरको शेयर करोबार भएको छ ।
तीन कम्पनीको शेयरमा सकारात्कक सर्किट लागेको छ । क्रेष्ट र कर्पोर्रेट डेभलपमेन्ट बैंक, नेपाल माईक्रो शेयरम सकारात्मक सर्किट लागेको छ । सानिमा माई र नाग्दीको सर्वाधिक कारोबार भएको छ । मध्य भेटेकोशी र ग्रिन डेभलपमेन्टको शेयर सर्वाधिक ओरालो लागेको छ ।

