२०८३, आश्विन २२ गते

images

भन्सार विधेयक प्रतिनिधिसभाबाट बहुमतले पारित

भन्सार विधेयक प्रतिनिधिसभाबाट बहुमतले पारित

मंगलवार, बैशाख १६ २०८२०३:५५
मंगलवार, बैशाख १६ २०८२०३:५५
  • images

    काठमाडौं । ‘भन्सार विधेयक, २०८१’  प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ । सभाको मंगलबारको बैठकले उक्त विधेयकलाई बहुमतले पारित गरेको हो ।

    मंगलबार विधेयकमाथिको सैद्धानितक छलफलपछि उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेले ‘भन्सार विधेयक, २०८१ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए । सो प्रस्तावलाई संसदका बहुमत सांसदहरुले सहमति जनाएका हुन् ।

    विधेयकको सैद्धान्तिक छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री पौडेलले भन्सार बिन्दुहरुमा रहेको बेथिति हटाउनका लागि भन्सारसम्बन्धी कानुनलाई संशोधन एवं एकीकरण गर्नका लागि विधेयक ल्याइएको बताए । उनले भन्सार नाकामा राजस्व चुहावट, अनियमितता र व्यापारीहरु पीडित नबनुन् भन्ने नै विधेयकको मुख्य उद्देश्य रहेको बताए । उनले विधेयकलाई समृद्ध बनाउनका लागि सुझाव दिने सांसदहरुलाई धन्यावाद समेत दिए ।

    विधेयकले कानुनको रुप लिएसँगै राजस्व चुहावटमा कमी आउनुका साथै भन्सार व्यापार सहज हुने मन्त्री पौडेलको दाबी छ ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend