२०८३, आश्विन २२ गते

images

तोलामा ७ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

तोलामा ७ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

बुधवार, बैशाख १७ २०८२१०:४७
बुधवार, बैशाख १७ २०८२१०:४७
  • images
    काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा ७०० ले घटेको छ ।
     
    मङ्गलबार प्रतितोला एक लाख ८८ हजार ८०० रुपैयाँमा कारोबार भएको पहेँलो धातु एक लाख ८८ हजार १०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
     
    चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले घटेर एक हजार ९६५ कायम भएको छ । मङ्गलबार पनि सोही परिमाणको चाँदी एक हजार ९७० रुपैयाँमा कारोबार भएको थियो ।  
     
    अन्तरराष्ट्रिय बजारमा प्रतिऔँस सुन तीन हजार तीन सय १० अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend