२०८३, आश्विन २२ गते

images

थप ५० अर्ब तान्दै राष्ट्र बैंक

थप ५० अर्ब तान्दै राष्ट्र बैंक

बुधवार, बैशाख १७ २०८२११:२७
बुधवार, बैशाख १७ २०८२११:२७
  • images

    काठमाडौं ।  केन्द्रीय बैंकले आज वैशाख १७ गते फेरि बैंकिङ्ग प्रणालीबाट ५० अर्ब रुपैयाँ तान्ने भएको छ। अधिक तरलता व्यवस्थापन गर्न केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणको प्रयोग गर्दै बैंकिङ्ग प्रणालीबाट आज फेरि ५० अर्ब खिच्न लागेको हो। यसका लागि आज दिउँसो ३ बजे बोलकबोल हुने केन्द्रीय बैंकले जनाएको छ ।

    निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्।

    निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् । यो २१ दिने निक्षेप संकलन उपकरणको जेठ ७ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend