२०८३, आश्विन २२ गते

images

पर्वतमा लुङ्दीखोला सिँचाइ आयोजना सम्पन्न

पर्वतमा लुङ्दीखोला सिँचाइ आयोजना सम्पन्न

बिहिवार, बैशाख १८ २०८२१०:२४
बिहिवार, बैशाख १८ २०८२१०:२४
  • images

    काठमाडौँ । जलजला गाउँपालिका–७ धाइरिङमा सञ्चालित लुङ्दीखोला–भेडावारी–दुलेपानी सिँचाइ आयोजना सम्पन्न भएको छ ।

    जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयमार्फत ९२ लाख ७७ हजार रुपैयाँको लागतमा आयोजना सम्पन्न भएको हो । 

    उक्त कार्यालयका प्रमुख सागर भट्टराईका अनुसार आयोजना पूरा भएसँगै किसानका खेतबारीमा सिँचाइ सुविधा उपलब्ध भएको छ ।  

    आयोजनाबाट १७ हेक्टरमा बाह्रै महिना सिँचाइ सुविधा पुगेको छ । चालु आर्थिक वर्षमा सञ्चालित ५० वटा सिँचाइ योजनामध्ये १० वटा यसै वर्ष सम्पन्न हुने उनले जानकारी दिए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend