२०८३, आश्विन २२ गते

images
  • समाचार
  • सानेपामा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा महिलाको...

सानेपामा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा महिलाको मृत्यु

सानेपामा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा महिलाको मृत्यु

शुक्रवार, बैशाख १९ २०८२०१:३८
शुक्रवार, बैशाख १९ २०८२०१:३८
  • images


    काठमाडौं । सानेपामा आज ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी बाइकमा सवार अन्दाजी ४० वर्षीया महिलाको ज्यान गएको छ।
    ना ६ ख ४६२४ नम्बरको ट्रकमा पछाडिबाट आएको ग प ३, ०४२३ नम्बरको बाइक ठोकिँदा बाइकको पछाडि बस्ने अन्दाजी ४० वर्षीय महिलाको निधन भएको हो।
    दुर्घटनाको कारण र मृत्यु हुनेको पहिचान खुलिसकेको छैन। प्रहरीले ट्रक चालक र बाइक चालकलाई नियन्त्रणमा लिएको छ। पछाडिबाट तीव्र गतिमा आएको बाइक ट्रकको नजिकै गएर एक्कासी रोकिँदा महिला उछिट्टिएर ट्रकको टायरमुनि परेकी थिइन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend