काठमाडौँ।नेपाल विद्युत प्राधिकरण ५ अर्ब २६ करोड नोक्सानीमा गएको छ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै उम्त नोक्सानीमा रहेको बताएका हुन् ।
उनले श्वतपत्र सारवजनिक गर्दै प्राधिकरणको संचित नाफा ४६ अर्ब ४७ करोड रहेको उल्लेख छ। 'चालूआवको फागुनसम्म नाफा ९ अर्ब ४८ करोड रहेको छ ।तर, आयकर एेनको प्रावधाा अनुसार थप रा्सकट्टि गर्नुपर्दा प्राधिकरणको नोक्सान ५ अर्ब२६ करोड देखिएको हो ' उनले भने ।
यस्तै उनले सार्वजनिक गरेको प्रतिवेदन अनुसार महालेखाको प्रतिवेदन अनुसार लेखापरीक्षण प्रतिवेदन औल्याईएका बुँदाहरूमध्ये ७ अर्ब १९ करोड खर्च नलेखेको र ४ अर्ब ७२ करोड रूपैँया आम्दानि बढी लेखांकन गरेको उल्लेख छ।
यसअघि प्राधिकरणले २०६३ सालमा श्वेतपत्र जारी गरेको थियो।

