२०८३, आश्विन २३ गते

images
  • समाचार
  • कान्ति लोकपथ अवरुद्ध, वर्षाले बगायो बागमती...

कान्ति लोकपथ अवरुद्ध, वर्षाले बगायो बागमती खोलाको डाइभर्सन

कान्ति लोकपथ अवरुद्ध, वर्षाले बगायो बागमती खोलाको डाइभर्सन

आइतवार, बैशाख २१ २०८२०७:२३
आइतवार, बैशाख २१ २०८२०७:२३
  • images

    काठमाडौँ । हेटौडा-काठमाडौं जोड्ने कान्ति लोकपथ अवरूद्ध भएको छ। आइतबार बिहान वर्षाका कारण बागमती खोलाको डाइभर्सन बगाएका कारण सडक अवरूद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

    मकवानपुरको भिमफेदी गाउँपालिका-८ र ललितपुरको बागमती गाउँपालिका-२ स्थित दुई जिल्लाको सिमाना रहेको बागमती खोलामा बनाइएको डाइभर्सनबाट सवारी साधन आवत जावत गर्दै आएका थिए।

    आइतबार बिहान ६:१५ बजे ललितपुरतर्फको डाइभर्सन बगाएपछि सडक सवारी आवतजावत अवरूद्ध भएको मकवानपुर प्रहरीले जनाएको छ।  

    डाइभर्सन बगाएको स्थानमा प्रहरी टोली पुगेको र अवरूद्ध सडक खुलाउने प्रयास भइरहेको छ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend