२०८३, आश्विन २३ गते

images

बैंकमा अधिक तरलता, थप ५० अर्ब खिच्दै राष्ट्र बैंक

बैंकमा अधिक तरलता, थप ५० अर्ब खिच्दै राष्ट्र बैंक

सीएनएन खबर
आइतवार, बैशाख २१ २०८२१०:३१
सीएनएन खबर
आइतवार, बैशाख २१ २०८२१०:३१
  • images

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न आज (वैशाख २१ गते) बजारबाट ५० अर्ब रुपियाँ खिच्ने भएको छ । राष्ट्र बैंकले २१ दिनका लागि निक्षेप संकलन उपकरणमार्फत ५० अर्ब रुपियाँ खिच्न लागेको हो । 

    निक्षेप संकलनको बोलकबोल आजै हुनेछ । इच्छुक बैंक तथा वित्तीय संस्थाले आज दिउँसो ३ बजेसम्म बोलकबोलमार्फत आवेदन दिनुपर्नेछ । यसको साँवा र ब्याज भुक्तानी भने २०८१ जेठ ११ गते  भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ ।

    बैंक तथा वित्तीय संस्थाहरुले न्यूनतम १० करोड र अधिकतम पाँच करोड रुपियाँले भाग गर्दा निःशेष भाग जाने गरी निष्कासित रकमबराबर बोलकबोल गर्न सक्नेछन् । 

    निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend