काठमाडौँ । ट्याक्स क्लियरेन्सबीनै विदेशी कन्सल्टेन्टलाई करोडौँ भुक्तानी दिएका दूधकोसी जलविद्युत कम्पनीका प्रमुख कार्यकारी अधिकृत विमल गुरुङ कन्सल्टेन्टकै कार्यालयमा बस्ने गरेको पाइएको छ ।
नेपाल सरकारलाई बुझाउनुपर्ने कर नतिरेरै करोडौँ भुक्तानी दिएका सीईओ गुरुङ त्रिपुरेश्वरमा रहेको वल्ट ट्रेड सेन्टरमा रहेको कन्सल्टेन्टको कार्यालयमा बस्ने गरेको पाइएको हो ।
प्राधिकरण मातहतको कम्पनीका रुपमा रहेको दूधकोशी कम्पनी लगायत अन्य २ कम्पनी हाल त्रिपुरेश्वरमा रहेको वल्ट टे«ड सेन्टरमा रहेको छ । तीनै कम्पनीले उक्त भवनको तेस्रो तल्ला लिएका छन् । आफुले प्रयोग गरे बापतका भाडा उनीहरुले छुट्टा छुट्टै रुपमा भवनलाई हस्तान्तरण गर्ने गरेका छन् ।
तर, सीईओ गुरुङ भने तेस्रो तल्लामा नबसी पाँचौँ तल्लामा बस्ने गरेको भेटियो । तेस्रो तल्लाको मात्रै कम्पनीले भाडा भुक्तानी गर्ने गरेतापनि गुरुङ भने कन्सल्टेन्ट कम्पनीको कार्यालयमा बसेर काम गर्ने गरेका छन् । केही दिन अघि सीएनएन खबरले सेन्टरको पाचौँ तल्लामा रहेको कम्पनीकै भवनमा गुरुङसँग कुराकानी गरेको थियो ।
उनले कम्पनीले नै उक्त भवनको भाडा तिर्ने गरेको दाबी गरेतापनि उनले गरेको दाबी कम्पनीकै अन्य कर्मचारीले अस्वीकार गरे । उनको क्याबिन तेस्रो तल्लामै रहेको भएतापनि कन्सल्टेन्टको कार्यालयमा उनी बस्ने गरेको दूधकोशी आयोजनामा कार्यरत एक कर्मचारीले बताए ।
‘उहाँ र हाम्रो कार्यकक्ष एउटै फ्याल्टमा हो । तर, उहाँ अहिले हामीसँगै बस्नुहुँदैन्, उहाँको क्याबिनमा धुलोले ढाँकेको छ । उहाँ पाचौँ तल्लामा रहेको कन्सल्टेन्टको कार्यालयमा बस्नुहुन्छ । उनीहरु विदेशमा बसेर काम गर्छन, यहाँको कार्यालयको भाडा उक्त कम्पनीले भुक्तानी गर्ने गरेतापनि त्यसको फाइदा गुरुङले लिएका छन्’, ती कर्मचारीले बताए ।
सम्झौतामा नै कन्सल्टेन्टका अधिकारीहरु नेपालमा नहुँदा दुधकोशीले प्रयोग गर्नेगरी गरिएको ती कर्मचारीले बताए । ‘कम्पनीले कन्सल्टेन्टसँग सम्झौता गर्दा नै उक्त कोठा दुधकोशीले समेत प्रयोग गर्न पाउनेगरी गरिएको पाइएको छ । कसरी यस्तो सम्झौता भयो सम्झौतागर्नेलाई नै होला’, ती कर्मचारीले भने ।
दुधकोसी जलाशययुक्त आयोजना दुधकोसी र खोटाङको सिमाना भएर बग्ने दुधकोसी नदिमा २२० मिटर अग्लो बाँध बाँधेर ६७० मेगावाट उत्पादन गर्ने आयोजाना हो । खोटाङ र ओखलढुंगाको सीमा भएर बग्ने दूधकोशी नदीमा उक्त आयोजना विकास गर्न लामाडाँडा विमानस्थलबाट करिब ११ किलोमिटर उत्तर पश्चिम रभुँवाघाटमा प्रस्ताव गरिएको छ ।
एसियाली विकास बैंकको (एडिबी) ग्राण्ट सहयोगमा अध्ययन र तयारिको कार्य भईरहेको सो आयोजना उचित नेतृत्वको अभावमा ढिलाई हुँदै आएको छ । हाल एडिबीको अनुदान सहयोगमा विस्तृत इन्जिनियरिङ डिजाइनको काम भैरहेको छ ।
दुधकोसीमा अकर्मण्य नेतृत्व, ट्याक्स क्लियरेन्सबीनै विदेशी कन्सल्टेन्टलाई करोडौँ भुक्तानी
सरकार र दातृ निकायबीचको सम्बन्ध बिगार्दै दुधकोसी आयोजनाका सीईओ गुरुङ

