काठमाडौं । नेप्से सूचक लगातार चौथो दिन ओरालो लागेको छ । यसले लगानीकर्तामा निराश र अन्योलता छाएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १.१८ अकंले घटेर २६२२.६५ बिन्दुमा कायम भएको छ । आज ३२२ कम्पनीको २ करोड १९ लाख ५ हजार कित्ता शेयर किनबेच हुँदा ९ अर्ब २४ करोडको शेयर कारोबार भएको हो ।
यसदिन ८ उपसूचक राताम्य भएका छन् । आज सर्वाधिक फाइनान्स समूहको शेयर १.३५ प्रतिशतले घटेको छ । आइतबार ११७ कम्पनीको शेयर मूल्य बढ्दा १२८ कम्पनीको घटेको हो ।

