२०८३, आश्विन २२ गते

images
  • समाचार
  • विशेष अदालतको फैसलाः विकल पौडेलमाथि साढे...

विशेष अदालतको फैसलाः विकल पौडेलमाथि साढे २ वर्ष कैद र साढे १३ करोड जरिवाना

विशेष अदालतको फैसलाः विकल पौडेलमाथि साढे २ वर्ष कैद र साढे १३ करोड जरिवाना

सीएनएन खबर
आइतवार, बैशाख २१ २०८२०५:४४
सीएनएन खबर
आइतवार, बैशाख २१ २०८२०५:४४
  • images

    काठमाडौँ । विशेष अदालतले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेललाई साढे २ वर्ष कैद र १३ करोड ५८ लाख ५२ हजार ५८० रुपैयाँ जरिवाना सुनाएको छ । 

    आइतबार न्यायाधीशत्रय टेकनारायण कुँवर, तेजनारायण सिंह राई र रामबहादुर थापाको संयुक्त इजलासले पौडेललाई उक्त सजाय सुनाएको हो ।

    पौडेलमाथि पदको दुरुपयोग गरी भ्रष्टाचार गरेको आरोप लाग्दै आएको छ । अदालतले भ्रष्टाचार कसुरमा १ वर्ष ६ महिना र सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक भएर पदीय दुरुपयोग गरेको कसुरमा पौडेललाई थप ६ महिना कैदको सजाय तोकेको हो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend