२०८३, आश्विन २३ गते

images

बढ्यो सुनको मूल्य, चाँदीको स्थिर

बढ्यो सुनको मूल्य, चाँदीको स्थिर

सोमवार, बैशाख २२ २०८२१०:४३
सोमवार, बैशाख २२ २०८२१०:४३
  • images

    काठमाडौँ । सोमबार पनि नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलाको ५ सय रुपैयाँले बढेको हो । 

    आज सुन एक लाख ८४ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन आइतबार सुन एक लाख ८४ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो । 

    यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ। महासङ्घका अनुसार आज चाँदी एक हजार ९१० रुपैयाँमा कारोबार भइरहेको छ । 

    आज प्रति १० ग्राम सुनको मूल्य एक लाख ५८ हजार २६५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य एक हजार ६३७ रुपैयाँ ५० पैसा कायम भएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend