काठमाडौं । नेपाली शेयर बजारमा लगातार दोस्रो दिन पनि गिरावट देखिएको छ। साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक घटेको थियो भने आज सोमबार पनि सोही गिरावटको क्रम जारी रहँदा लगानीकर्तामा निराशा देखिएको छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) अनुसार, सोमबार नेप्से परिसूचक ९.६२ अंकले घटेर २६१० बिन्दुमा रोकिएको छ। आइतबारको तुलनामा सोमबारको कारोबार रकम पनि उल्लेखनीय रूपमा घटेको छ। आज कुल १ करोड ८४ लाख ३७ हजार ९ सय ४२ कित्ता शेयर खरिदबिक्री हुँदा जम्मा ७ अर्ब ६३ करोड ४१ लाख ९३ हजार ६ सय ९३ रुपैयाँको कारोबार भएको छ। आइतबार भने कारोबार रकम ९ अर्ब नाघेको थियो।

