२०८३, आश्विन २३ गते

images

तोलामा ५ हजार ३ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

तोलामा ५ हजार ३ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

मंगलवार, बैशाख २३ २०८२१०:४३
मंगलवार, बैशाख २३ २०८२१०:४३
  • images

    काठमाडौँ । मंगलबार नेपाली बजारमा सुन उच्च मूल्यले बढेको छ । आज सुन ५ हजार ३ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलाको  एक लाख ८९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन सोमबार सुन एक लाख ८४ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । 

    यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ ।  आज चाँदी ५५ रुपैयाँले बढेको हो । महासङ्घका अनुसार आज चाँदी एक हजार ९६५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन सोमबार चाँदी १ हजार ९१० रुपैयाँमा कारोबार भएको थियो । 

    आज प्रति १० ग्राम सुनको मूल्य एक लाख ६२ हजार ८१० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य एक हजार ६८४ रुपैयाँ ५० पैसा कायम भएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend