२०८३, आश्विन २३ गते

images

चेम्बरले स्थापनाको ७५ औँ वार्षिकोत्सव मनाउने

चेम्बरले स्थापनाको ७५ औँ वार्षिकोत्सव मनाउने

सीएनएन खबर
मंगलवार, बैशाख २३ २०८२०४:०४
सीएनएन खबर
मंगलवार, बैशाख २३ २०८२०४:०४
  • images

    काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले स्थापनाको ७५ औँ वर्ष विभिन्न कार्यक्रम गरी मनाउने भएको छ । 

    मुलुकको समग्र चेम्बर अभियानको ७५ औं ऐतिहासिक बर्षगाँठको  अवसरमा नेपाल चेम्बर अफ कमर्सले वार्षिक रुपमा विभिन्न कार्यक्रम गरी हीरक जयन्ती मनाउने भएको हो । 

    हीरक जयन्तीलाई भव्यताका साथ सम्पन्न गर्नका लागि चेम्बरले सल्लाहकार परिषद्का अध्यक्ष एवं पूर्वअध्यक्ष राजेशकाजी श्रेष्ठको सभापतित्वमा हीरक जयन्ती मुल समारोह समिति गठन गर्ने निर्णय गरेको छ । 

    साढे ७ दशकदेखि क्रियाशिल निजी क्षेत्रको प्रतिनिधिमूलक पहिलो सस्ंथा नेपाल चेम्बर अफ कमर्सले मुलुकको समग्र आर्थिक समृद्धि एवं निजी क्षेत्रको व्यावसायिक क्षमता अभिवृद्धिका लागि गरेका बिभिन्न गतिबिधिहरुलाई हीरक जयन्तीको अवसरमा उजागर गरिनेछ । 

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend