२०८३, आश्विन २३ गते

images
  • समाचार
  • प्रमुख प्रशासकीय अधिकृत सहित ३ जना...

प्रमुख प्रशासकीय अधिकृत सहित ३ जना विरुद्ध भ्रष्टाचार मुद्दा

प्रमुख प्रशासकीय अधिकृत सहित ३ जना विरुद्ध भ्रष्टाचार मुद्दा

मंगलवार, बैशाख २३ २०८२०४:१८
मंगलवार, बैशाख २३ २०८२०४:१८
  • images

    काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सहित ३ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

    आयोगले मंगलबार बारा जिल्लाको फेटा गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत गौरी शंकर कुमार सिंह र लेखा अधिकृत मुकेश प्रसाद साह र नेपाल मिडिया हाउसका निर्देशक नवराज निरौला विरुद्ध मुद्दा दायर गरेको हो । 

    उनीहरु माथि पालिकाको विद्युत पोल गाड्ने तथा तार तान्ने कार्यको खरिद प्रक्रियामा गोप्य राखेको भन्ने उजुरी निवेदनका आधारमा अख्तियारले अनुसन्धान गर्दा भ्रष्टाचार भएको पुष्टि भएको हो ।

    उनीहरुमाथि १ लाख ४२ हजार १६० रुपैयाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिम कैद र बिगो बमोजिम जरिवाना सजाय हुन मागदाबी लिइएको हो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend