२०८३, आश्विन २३ गते

images
  • अर्थतन्त्र
  • बालमन्दिरको जग्गा हिनामिना प्रकरणः ठगी मुद्दा...

बालमन्दिरको जग्गा हिनामिना प्रकरणः ठगी मुद्दा चलाउने महान्यायाधिवक्ता कार्यालयको निर्णय

बालमन्दिरको जग्गा हिनामिना प्रकरणः ठगी मुद्दा चलाउने महान्यायाधिवक्ता कार्यालयको निर्णय

मंगलवार, बैशाख २३ २०८२१०:३६
मंगलवार, बैशाख २३ २०८२१०:३६
  • images

    काठमाडौं । महान्यायाधिवक्ता कार्यालय नक्सालस्थित बालमन्दिरको जग्गा हिनामिना गर्नेविरुद्ध ठगी मुद्दा चलाउने निर्णय गरेको छ । बालमन्दिर जग्गा हिनामिना प्रकरणमा नेपाल बाल संगठनका तत्कालीन पदाधिकारी, कर्मचारी र जग्गा बद्नियतपूर्ण रुपमा जग्गा लिजमा भोग गरिरहेको बृहस्पति विद्या सदनका सञ्चालकविरुद्ध ठगीमा मुद्दा चलाउने निर्णय गरेको हो ।

    अनाथका लागि सरकारले संगठनलाई उपलब्ध गराएको जग्गा तेस्रो पक्षलाई बद्नियतपूर्ण रुपमा दिइएको भन्दै यसमा ठगी भएको महान्यायाधिवक्ता कार्यालयले किटान गरेको हो ।

    २०८१ वैशाख दोस्रो साता नेपाल बाल संगठनले बृहस्पति विद्या सदनसँग गरेको लिज सम्झौता खारेज गरेको थियो । त्यसपछि बृहस्पति यसविरुद्ध उच्च अदालत पाटन गएकामा दुवै पक्षलाई ‘आर्बिटेसन’बाट विवाद सुल्झाउन र मुद्दामा नलैजान चलखेल भएको थियो । 

    मिलेमतोमा संगठनले २९ रोपनी ४ आना जग्गा बृहस्पतिलाई वि.सं. २१३१ सालसम्म लिजमा दिने गरी बद्नियतपूर्ण निर्णय गरेको थियो ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend