२०८३, आश्विन २३ गते

images

चार दिनमा तोलामा ८ हजारले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

चार दिनमा तोलामा ८ हजारले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

बुधवार, बैशाख २४ २०८२१०:४५
बुधवार, बैशाख २४ २०८२१०:४५
  • images

    काठमाडौँ । पछिल्लो चार दिनको अबधिमा नेपाली बजारमा सुनको मूल्य प्रतितोला ८ हजार बढीले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबार सार्वजनिक गरेको तथ्यांक अनुसार गत आइतबारदेखि बुधबार सम्म प्रतितोला ८ हजार १ सय रुपैयाँले बढेको हो । 

    महासंघको तथ्यांक अनुसार आइतबार सबैभन्दा धेरै मंगलबार प्रतितोला ५ हजार ३ सय रुपैयाँले बढेको थियो । यस्तै, सोमबार प्रतितोला ५ सय, आइतबार प्रतितोला ६ सय रुपैयाँले बढेको थियो भने बुधबार प्रतितोला १ हजार ७ सय रुपैयाँले बढेको छ । 

    बुधबार सुनको मूल्य बढेसँगै प्रतितोला एक लाख ९१ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबारको दिन भने सुन तोलामा एक लाख ८९ हजार ९०० सय रुपैयाँमा कारोबार भएको थियो ।

    आज चाँदीको मूल्य भने प्रतितोला १ हजार ९ सय ६५ रुपैयाँमा स्थिर छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend