२०८३, आश्विन २३ गते

images
  • समाचार
  • ४० लाख हुन्डीको रकमसहित दुई जना...

४० लाख हुन्डीको रकमसहित दुई जना पक्राउ

४० लाख हुन्डीको रकमसहित दुई जना पक्राउ

बुधवार, बैशाख २४ २०८२१२:२४
बुधवार, बैशाख २४ २०८२१२:२४
  • images

    काठमाडौं । प्रहरीले काठमाडौँबाट हुन्डीको रकमसहित दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार हुन्डीको ४० लाख ३२ हजार पाँचसय रुपैयाँसहित एक नेपाली र एक भारतीय पक्राउ परेका हुन्। 

    पक्राउ पर्नेमा भारतको कलकता घर भई हाल काठमाडौँ महानगरपालिका २३ ओमबहाल बस्दै आएका ६७ वर्षीय सुरज दत्त र रुपन्देहीको देवदह नगरपालिका घर भइ काठमाडौँको चन्द्रगिरि १५ तिनथाना बस्दै आएका ६३ वर्षीय धर्मप्रसाद ढकाल छन्।

    उनीहरुको साथबाट ४० लाख ३२ हजार पाँचसय रुपैयाँ नगद, २ थान मोबाइल र विभिन्न सहकारी संस्थाका चेकबुक र पासबबुक बरामद भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी अपीलराज बोहराले जानकारी दिए। 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend