२०८३, आश्विन २३ गते

images

६१ अंकले बढ्यो नेप्से परिसूचक, साढे १० अर्बको कारोबार

६१ अंकले बढ्यो नेप्से परिसूचक, साढे १० अर्बको कारोबार

बुधवार, बैशाख २४ २०८२०३:१६
बुधवार, बैशाख २४ २०८२०३:१६
  • images

    काठमाडौँ । सेयर बजारमा उच्च अंकको सुधार आएको छ । साताको कारोबारको चौथो दिन बुधबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६१.२६ अंक अर्थात् २.३४ प्रतिशतले बढेर २६७२.७० विन्दुमा रोकिएको छ ।

    अघिल्लो कारोबार दिन मंगलबार नेप्से १.०३ अंकले बढेको थियो भने त्यसअघिका पाँच कारोबार दिन लगातार घटेको थियो ।

    बुधबार सूचकसँगै कारोबारमा पनि सुधार आएको छ । आज नेप्सेमा कुल १० अर्ब ५१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो दिन मंगलबार भने नेप्सेमा कुल ८ अर्ब ५६ करोडको कारोबार भएको थियो ।

    बुधबार कारोबारमा आएकामध्ये २२७ कम्पनीको सेयर मूल्य बढ्दा १८ कम्पनीको मात्रै घटेको छ । यस्तै, एक कम्पनीको सेयर मूल्य भने स्थिर छ ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend