२०८३, आश्विन २३ गते

images

घुस सहित कम्युटर अपरेटर अख्तियारको नियन्त्रणमा

घुस सहित कम्युटर अपरेटर अख्तियारको नियन्त्रणमा

सीएनएन खबर
बिहिवार, बैशाख २५ २०८२०७:२३
सीएनएन खबर
बिहिवार, बैशाख २५ २०८२०७:२३
  • images

    काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नवलपरासी जिल्ला अदालत परासीमा कार्यरत कम्युटर अपरेटर राम लखन बनियालाई नियन्त्रणमा लिएको छ । 

    लागूऔषध मुद्दामा कारगारमा रहेका सेवाग्राहीसँग छुुटाई दिन सहजीकरण गर्ने भन्दै घुस लिएको आरोपमा बुधबार अख्तियारको टोलीले उनलाई नियन्त्रणमा लिएको हो । 

    नवलपरासी (बर्दाघाट सुस्ता पश्चिम) पाल्हीनन्दन गाउँपालिका वडा नम्बर ३ बेलासपुरबाट घुस लिइसकेको अवस्थामा बनियालाई नियन्त्रणमा लिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले बताए । उनीमाथि थप अनुसन्धान भइरहेको उनले बताए । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend