२०८३, आश्विन २३ गते

images
  • अर्थतन्त्र
  • जगदुल्लाह हाइड्रोपावर ठेक्का प्रक्रियाको छानबिन गर्न...

जगदुल्लाह हाइड्रोपावर ठेक्का प्रक्रियाको छानबिन गर्न माग

जगदुल्लाह हाइड्रोपावर ठेक्का प्रक्रियाको छानबिन गर्न माग

बिहिवार, बैशाख २५ २०८२१२:३१
बिहिवार, बैशाख २५ २०८२१२:३१
  • images

    काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले जगदुल्लाह हाइड्रोपावर ठेक्का प्रक्रियाको छानबिन गर्नका लागि माग गरेका छन् ।

    बिहीबार बसेको प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा आकस्मिक समयमा बोल्दै उनले ठेक्का उर्जामन्त्रीको समेत मिलेमतो र सेटिङको कुरा आएको भन्दै सत्यतथ्य छानविनका लागि माग गरे । उनले के सरकार सेटिङ र मिलेमतोमा नै चलिराख्ने हो ? भन्दै प्रश्न गरे । उनले भने,‘जगदुल्लाह हाइड्रोपावर ठेक्का प्रक्रियामा उर्जा मन्त्रालयको मन्त्री र जगदुल्लाह हाइड्रोपावरको कार्यकारी निर्देशकको मिलेमतो भएको छ भन्ने कुराहरु विभिन्न सञ्चारमाध्यममा आएको छ । के सरकार सेटिङ र मिलेमतोमा नै चलिराख्ने ? यो विषय अख्तियारमा नि गएको छ । खरिद नियमावली विपरीत छ भनेर त्यहाँ पनि गएको छ । यसमा मन्त्रीको समेत मिलेमतो भएको कारण यसको छानविनको लागि माग राख्दछु ।’

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend