२०८३, आश्विन २३ गते

images

सेयर बजारमा बजारमा दोहोरो अंकको गिरावट, कारोबार भने वृद्धि

सेयर बजारमा बजारमा दोहोरो अंकको गिरावट, कारोबार भने वृद्धि

बिहिवार, बैशाख २५ २०८२०३:२१
बिहिवार, बैशाख २५ २०८२०३:२१
  • images

    काठमाडौं । कारोबारको अन्तिम दिन आज सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । आज सेयर बजार नेप्से परिसूचक १२ दशलमव ६० अंकले घटेर २,६६१ को विन्दुमा कायम भएको छ । आज ९६ कम्पनीको सेयर मूल्य बढेको छ भने १५० कम्पनीको शेयर मूल्य घटेको छ ।

    आज दिनभरिमा ३१५ कम्पनीको ३ करोड ७ लाख ९९ हजार ९१ कित्ता शेयर किनबेच हुँदा ११ अर्ब ६५ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै ङादी ग्रुप पावरको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ७८ करोड ४५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सानिमा माई हाइड्रोपावरको ६५ करोड ४९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । युनिभर्सल पावरको ५७ करोड १ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    आज सबैभन्दा धेरै नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी र क्रेष्ट माइक्रो लाइफका लगानीकर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । छ्याङदी हाइड्रोपावर र ओम मेगाश्रीका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका हुन् ।

    आज सबैभन्दा धेरै नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ७ प्रतिशतका दरले गुमाएका हुन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend