२०८३, आश्विन २३ गते

images

डेडिकेटेड र ट्रंक लाइनको बक्यौता पुनरावेदन आह्वान

डेडिकेटेड र ट्रंक लाइनको बक्यौता पुनरावेदन आह्वान

शुक्रवार, बैशाख २६ २०८२०९:५८
शुक्रवार, बैशाख २६ २०८२०९:५८
  • images

    काठमाडौं ।  नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता सम्बन्धमा पुनरावेदनका निम्ति आह्वान गरेको छ । प्राधिकरणले शुक्रबार एक सूचना प्रकाशित गरदै डेडिकेटेड र ट्रंक लाइन बक्यौता सम्बन्धमा पुनरावेदनका लागि आह्वान गरेको हो । 

    प्राधिकरण सञ्चालक समितिको वैशाख २१ गतेको निर्णयानुसार पुनरावेदन आह्वान गरिएको सूचनामा उल्लेख छ । 

    सूचनामा भनिएको छ–

    नेपाल विद्युत् प्राधिकरणको डेडिकेटेड फिडर तथा ट्रक लाइनबाट २०७२ माघदेखि २०७५ वैशाखसम्म विद्युत उपभोग गरी विद्युत् महसुल बक्यौता रहेका ग्राहकहरूलाई २०८२ ज्येष्ठ मसान्तभित्र नेविप्रा विद्युत् वितरण विनियमावली, २०७८ को विनियम ५५ को उपविनियम (२)बमोजिम बिल रकमको ५ प्रतिशत बराबरको रकम नगद वा सोबराबरको एक वर्षको म्याद रहने गरी जारी भएको ‘क’ वर्गको बैंक ग्यारेन्टी धरौटी बापत जम्मा गरी ऐ विनियमावलीको विनियम ५५ को उपविनियम (१) बमोजिम प्रशासकीय पुनरावेदनका लागि निवेदन दिनसक्ने म्याद कायम गरिएको व्यहोरा सञ्चालक समितिको मिति २०८२/०१/२१ को निर्णयानुसार सम्पूर्णमा जानकारी गराइन्छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend