२०८३, आश्विन २३ गते

images

दुईतर्फी रुपमा खुला भयो मुग्लिन-नारायणगढ सडक

दुईतर्फी रुपमा खुला भयो मुग्लिन-नारायणगढ सडक

सीएनएन खबर
आइतवार, बैशाख २८ २०८२१०:३४
सीएनएन खबर
आइतवार, बैशाख २८ २०८२१०:३४
  • images

    काठमाडौँ । ट्रक दुर्घटना हुँदा अवरुद्ध भएको मुग्लिन-नारायणगढ सडक दुईतर्फी सञ्चालनमा आएको छ । बिहान ७ बजेदेखि अवरुद्ध भएको सडक ट्रक हटाइ दुवैतर्फ सञ्चालनमा ल्याइएको प्रहरीले जनाएको छ ।

    वीरगञ्जबाट काठमाडौं जाँदै गरेको मधेश प्रदेश ०३–००१ख ९८१७ नम्बरको ट्रक आज बिहान ७ बजे तुइनखोला भन्ने स्थानमा पल्टिएको थियो ।

    कोइला लोड गरेको सो ट्रक आफैं अनियन्त्रित भई पल्टिँदा दुवैतर्फ बाटो अवरुद्ध भएको थियो । दुर्घटनामा मानवीय क्षति भने भएको छैन ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend