काठमाडौं। चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म नेपाल लाइफ इन्स्योरेन्सले ३२ अर्ब ५० करोड रुपैयाँभन्दा बढी खुद बीमाशुल्क आर्जन गरेको छ ।
कम्पनीले गत वर्षभन्दा यस वर्ष ११.६१% बढी खुद बीमाशुल्क आर्जन गरेको हो । खुद दाबी भुक्तानी भने गत वर्षभन्दा करिब १४ % बढी भएको छ । यस वर्ष कम्पनीले ४१ अर्ब ९ करोड रुपैयाँभन्दा बढी खुद दाबी भुक्तानी गरेको हो । कम्पनीले यस वर्ष ८.६४ % बढी खुद नाफा गरेको छ।
गत वर्ष ६० करोड ३ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको कम्पनीले यस वर्ष भने ६५ करोड २२ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको हो।
यस वर्ष कम्पनीको कुल आम्दानी ११.५ % बढी र कुल खर्च १३ % बढी भएको हो। यस वर्ष कम्पनीले ४७ अर्ब ७२ करोड ८४ लाख रुपैयाँभन्दा बढी जम्मा आम्दानी गरेको हो भने ४४ अर्ब ९० करोड रुपैयाँभन्दा बढी कुल खर्च गरेको हो।
हाल कम्पनीको चुक्तापूँजी ९ अर्ब २ करोड ८७ लाख ६३ हजार रुपैयाँ छ भने रिटर्न अर्निंग १ अर्ब १८ करोड रुपैयाँभन्दा बढी रहेको छ ।
महाविपत्ति कोषमा १ अर्ब ३२ करोड रुपैयाँभन्दा बढी रहेको कम्पनीको अदर इक्वीटी ७२ करोड ५७ लाख रुपैयाँभन्दा बढी छ । प्रतिशेयर आम्दानी ९ रुपैयाँ ६३ पैसा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १३५ रुपैयाँ ८१ पैसा रहेको हो ।

