२०८३, आश्विन २३ गते

images

सेयर बजारमा गिरावट

सेयर बजारमा गिरावट

आइतवार, बैशाख २८ २०८२०३:२३
आइतवार, बैशाख २८ २०८२०३:२३
  • images

    काठमाडौं । साताको पहिलो दिन सेयर बजार घटेर बन्द भएको छ । आज सेयर बजार नेप्से परिसूचक ११ दशलमव ५३ अंकले घटेर २,६५० को विन्दुमा कायम भएको छ । आज ८२ कम्पनीको १६४ कम्पनीको शेयर मूल्य घटेको छ ।

    आज दिनभरिमा ३ सय कम्पनीको २ करोड ४० लाख ११ हजार १४ कित्ता सेयर किनबेच हुँदा १० अर्ब २० करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै राधि विद्युत कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ६६ करोड १० लाख रुपैयाँको शेयर कारोबार भएको छ । ङादी ग्रुप पावरको ६० करोड ६८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । युनिभर्सल पावरको ५४ करोड ६७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।


    आज सबैभन्दा धेरै नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी र क्रेष्ट माइक्रो लाइफका लगानीकर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । हिमालयन हाइड्रोपावरका लगानीकर्ता र जोशी हाइड्रोका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका छन् । ओम मेगा श्रीका लगानीकर्ताले ९ दशलमव ९८ प्रतिशतका दरले कमाएका छन् ।

    आज सबैभन्दा धेरै सिन्धु विकास बैंकका लगानीकर्ताले गुमाएका छन् । आज कम्पनीका लगानीकर्ताले ७ दशलमव ४५ प्रतिशतका दरले गुमाएका हुन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend