२०८३, आश्विन २३ गते

images

पछिल्लो नौ महिनाको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’(पूर्णपाठसहित)

पछिल्लो नौ महिनाको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’(पूर्णपाठसहित)

आइतवार, बैशाख २८ २०८२०६:०१
आइतवार, बैशाख २८ २०८२०६:०१
  • images

    काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पछिल्लो नौ महिना (चैतसम्म) विदेशी मुद्रा सञ्चिति सवा २४.२६ खर्ब रुपैयाँ पुगेको छ। नेपाल राष्ट्र बैंकले चैतसम्मको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति आधारित तथ्यांक सार्वजनिक गर्दै कुल विदेशी विनिमय सञ्चिति १८.९ प्रतिशत बढेर २४ खर्ब २६ अर्ब ८४ करोड रुपैयाँ पुगेको जनाएको हाे ।

    समिक्षा अवधिमा रेमिट्यान्स आप्रवाह १० प्रतिशतले बढ्दै ११ खर्ब ९१ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १७.२ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ७.३ प्रतिशतले वृद्धि भई ८ अर्ब ७४ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १५.२ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) १३ खर्ब ०१ अर्ब ९४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ११ खर्ब ७४ अर्ब ५४ करोड रुपैयाँ रहेको थियो ।


    समिक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ३ खर्ब ६१ अर्ब ३ करोड (७.१ प्रतिशत) ले बढेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा २ खर्ब २२ अर्ब २१ करोड (४.६ प्रतिशत) ले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०८१ चैत मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ८.३ प्रतिशतले बढेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend