काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको मूल्य ह्वात्तै घटेकोे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांक अनुसार सोमबार प्रतितोला सुनको मूल्यमा ३ हजार ७०० रुपैयाँको घटेको हो ।
घटेसँगै आजका लागि सुन प्रतितोला १ लाख ८६ हजार ८०० रूपैयाँमा तोकिएको छ । आइतबार सुन प्रतितोला १ लाख ९० हजार ५०० रूपैयाँमा कारोबार भएको थियो।
त्यस्तै चाँदीको भाउ पनि तोलामा १० रूपैयाँले घटेर प्रतितोला १ हजार ९६० रूपैयाँका दरले किनबेच भइरहेको महासंघले जनाएको छ।

