२०८३, आश्विन २३ गते

images
  • समाचार
  • पर्यटनमन्त्री पाण्डेले भने, भैरहवा विमानस्थल सञ्चालनका...

पर्यटनमन्त्री पाण्डेले भने, भैरहवा विमानस्थल सञ्चालनका लागि सरकार संवेदनशील छ

पर्यटनमन्त्री पाण्डेले भने, भैरहवा विमानस्थल सञ्चालनका लागि सरकार संवेदनशील छ

सीएनएन खबर
सोमवार, बैशाख २९ २०८२०१:१५
सीएनएन खबर
सोमवार, बैशाख २९ २०८२०१:१५
  • images

    काठमाडौँ । संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले लुम्बिनी साझा श्रद्वा र शान्तिको भूमी भएको उद्घोष गरेका छन् ।

    सोमबार २५६९ औँ बुद्व जयन्ती एवम् लुम्बिनी दिवस २०८२ को मूल समारोहलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले उक्त कुरा बताएका हुन् । 

    मन्त्री पाण्डेले भने, ‘लुम्बिनी साझा श्रद्वा र शान्तिको भूमि हो। बुद्व समस्त मानवताको साझा ज्योति हुनुहुन्छ । उहाँको ज्ञान कल्याणकारी छ। सबै प्राणीको हितका लागि प्रज्वलित छ। उहाँले बुद्व करूणा,ज्ञान,सद्भाव जस्ता श्वास्वत शिक्षाले जीनलाई सत्मार्ग र विश्व शान्तिको सन्देश विश्वभर फैलाउन सकिएको छ ।’

    मन्त्री पाण्डेले लुम्बिनीलाई विश्वकै आध्यात्मिक अध्ययन,चिन्तन र मनन  केन्द्रको रूपमा पहिचान गराउन सरकार प्रतिवद्व रहेको बताए । उनले लुम्बिनीको बृहत् हितका लागि अन्तर्राष्ट्रिय समितिलाई पुनस् सक्रिय बनाउने विश्वास व्यक्त गरे ।

    उनले थप्दै भने, ‘हामीबीच रहेका विभिन्न,धर्म,संस्कृति  वा भिन्नता भन्दा माथि उठेर विश्व शान्तिको चिन्तन गरी सम्पूर्ण मानव जाति कल्याणको कल्याणको कामना गर्ने पावन भूमिको रूपमा स्थापित रहेको छ। लुम्बिनीका लागि हामीले चाल्ने प्रत्येक कदम सावधानी र सम्मानमा लागि  अघि बढाउँदै यसको दिव्यता र पवित्रतालाई पुस्तौ पुस्तासम्म कायम गर्नु हाम्रो साझा कर्तव्य हो।’  

    मन्त्री पाण्डेले भैरहवा विमानस्थल सञ्चालनका लागि सरकार संवेदनशील भएर लागेको बताए । काठमाडौं बाहिर रहेका भैरहवा र पोखरा विमानस्थल सञ्चालनका लागि बनेको कार्ययोजना तयार भई लागू भएपनि कार्यान्वयनमा अझै केही समस्या रहेको उनले बताए । उनले आगामी जेठमा प्रधानमन्त्रीसहित अन्तरमन्त्रालयको बैठक बसी समस्या समाधान गरिने समेत विश्वास व्यक्त गरे ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend