काठमाडौं । पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ । पूर्वी नवलपरासीको चोरमारास्थित गिरिबारी पुल भासिएर राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ ।
पुल भासिएपछि अहिले राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको छ ।
यसैबीच सोमबार साँझ रोशी खोलामा आएको बाढीले बीपी राजमार्गमा यातायात अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेका एसपी कोमल शाहले नेपालटारदेखि नेपालथोकसम्मको खण्डमा अवरोध पुगेको जानकारी दिए।
उनका अनुसार साँझ भएको वर्षातपछि आएको बाढीले राजमार्गमा क्षति पुगेको हो।
काठमाडौँबाट गइरहेका गाडीलाई भकुण्डेबेसीमा रोकिएको प्रहरीले जनाएको छ। यस्तै, पूर्वबाट आइरहेका गाडी खुर्कोट र नेपालटारमा रोकिएका छन्।

