काठमाडौं । काठमाडौं मखनटोलमा ग्याँस लिक भएर आगलागी हुँदा महिलाको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका– २४ मा रहेको मखन गल्लीमा रहेको उक्त टोलमा बस्ने दयाराम श्रेष्ठको घरमा ग्यास लिक हुँदा आगलागी भएको हो ।
प्रहरीका अनुसार यतिबेला नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र काठमाडौं महानगर प्रहरी आगो निभाउन परिचालन गरिएको छ ।
आगलागीमा परी महिलाको ज्यान गएको भनिएता पनि उनको सनाखत हुन भने बाँकी छ । दमकल प्रयोग गरी आगो नियन्त्रणमा लिइसकिएको प्रहरीले जनाएको छ ।

