२०८३, आश्विन २३ गते

images
  • समाचार
  • स्याङ्जाको विरुवा र अर्जुनचौपारीमा गरिमा विकास...

स्याङ्जाको विरुवा र अर्जुनचौपारीमा गरिमा विकास बैंकको नयाँ शाखा सञ्चालनमा

स्याङ्जाको विरुवा र अर्जुनचौपारीमा गरिमा विकास बैंकको नयाँ शाखा सञ्चालनमा

सीएनएन खबर
बिहिवार, जेठ १ २०८२०७:३१
सीएनएन खबर
बिहिवार, जेठ १ २०८२०७:३१
  • images

    काठमाडौँ । ग्रामिण भेगदेखि शहरी क्षेत्रसम्म सरल, सुरक्षित एवं गुणस्तरीय बैकिङ् सेवा प्रवाह गर्दै आईरहेको गरिमा विकास बैंकले स्याङजाको विरुवा र अर्जुनचौपारीमा नयाँ शाखा विस्तार गरेको छ । 

    बुधबार उक्त दुई स्थानमा नयाँ शाखा सञ्चालनमा आएको बैंकले जनाएको छ । विरुवा शाखाको समुद्घाटन विरुवा गाउँपालीकाका अध्यक्षसूर्य बहादुर कुँवर र बैंकका अध्यक्ष दिलिप प्रताप खाँडले संयुक्त रुपमा गरेका थिए । त्यसैगरी, अर्जुनचौपारी शाखाको समुद्घाटन अर्जुनचौपारी गाउँपालिका उपाध्यक्ष सपना गुरुङ र बैंकका अध्यक्ष खाँडले संयुक्त रुपमा गरेका थिए । 

    समुद्घाटन कार्यक्रमहरुमा गाउँपालिका प्रतिनिधिहरु, उद्योग वाणिज्य संघका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी लगायत सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो । 

    सञ्चालनमा आएका नयाँ शाखा कार्यालयहरुबाट उक्त क्षेत्रका स्थानीय बासिन्दा, व्यवसायिक फर्म÷कम्पनी तथा अन्य संघसंस्थाहरुलाई उत्कृष्ट सेवा प्रवाहमा विकास बैंक प्रतिबद्ध रहेको र उक्त क्षेत्रको समग्र आर्थिक विकासमा विकास बैंकले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास विकास बैंकले लिएको छ । 

    हाल, गरिमा विकास बैंक लिमिटेडले देशभर १२५ शाखा कार्यालय, १ एक्स्टेन्सन कार्यालय र ५० एटिएम मेसिन मार्फत करिब ९ लाख ग्राहकहरुलाई बैकिङ् सेवा प्रवाह गर्दै आईरहेको छ । 

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend