२०८३, आश्विन २३ गते

images
  • समाचार
  • बालुवाटारको मेलुङ थकालीको खाना अब अनलाइनबाटै...

बालुवाटारको मेलुङ थकालीको खाना अब अनलाइनबाटै अडर गर्न सकिने

बालुवाटारको मेलुङ थकालीको खाना अब अनलाइनबाटै अडर गर्न सकिने

बिहिवार, जेठ १ २०८२११:२९
बिहिवार, जेठ १ २०८२११:२९
  • images

    काठमाडौँ । बालुवाटारमा रहेको मेलुङ थकालीको खाना अब घरमै बसेर खान पाइने भएको छ। 

    मेलुङ थकालीले एस्क्लुसिप फुड डेलीभरी पाटर्नरको रुपमा पठाओसँग सम्झौता गरेसँगै अब त्यहाँका हरेक परिकार घरबाटै अडर लिएर खान सकिने भएको हो।

    समय व्यस्ताको कारण रेष्टुरेन्टसम्म आएर थकाली खाना नपाइरहेकाहरुलाई लक्षित गरी पठाओसँग फुड डेलीभरी पाटर्नरको रुपमा सम्झौता गरेको मेलुङ थकालीका सञ्चालक बसन्त लामाले जानकारी दिए। 

    ‘रेष्टुरेन्टसम्म आउन नपाएका र आउन नसकेकाहरुलाई घरघरमै लगेर थकाली खाना खुवाउने हाम्रो अभियान हो,’ सञ्चालक लामाले भने, ‘विहान ९ बजेदेखि राती ११ बजेसम्म डेलिभरी हुन्छ।’

    पछिल्लो समय थकाली खाना खाने पारखीहरुको संख्या बढिरहेपनि समय अभावको कारण परिवारनै रेष्टुरेन्टसम्म पुग्न सक्ने स्थिति नहुनेलाई पठाओसँगको सम्झौताले सहज भएको सञ्चालक लामाले जानकारी दिए।

    रेष्टुरेन्टमै आएर खानेहरुका लागि पनि बिहान ९ बजेदेखिनै खाना तयार हुन्छ। यस्तै, बिहान ८ बजेदेखि खुल्ने भएकाले खानासँगै बिहानको ब्रेकफाष्टका लागि गतिलो ठाउँका रुपमा मेलुङ थकालीलाई बनाउन खोजिएको उनले बताए। 

    बालुवाटार क्षेत्रमा सञ्चालनमा रहेका रेष्टुरेन्टमध्ये सबैभन्दा बढी पार्किङ स्पेश रहेको छ। रेस्टुरेन्टले माछा, बासमती चामल, गुन्द्रुक, भटमास, टिमुर, जिम्बु, बेसारलगायत खाद्य सामाग्री दोलखाबाटै खपत गर्दै आएको उनले बताए।

    एकसाथ २५० जनाभन्दा बढीले खाना खान सक्ने क्षमता भएको रेष्टुरेन्टमा ३० भन्दा बढी गाडी पार्किङ गर्न सकिने जनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend