काठमाडौँ । रसुवाको गोसाइकुण्डबाट साढे सात किलो सुन बरामद भएको छ ।
केरुङबाट काठमाडौँतर्फ आउँदै गरेको स्याउ बोक्ने गाडीमा अन्दाजी साढे ७ किलो सुन बरामद गरेको रसुवाका प्रहरी प्रमुख डीएसपी खेमबहादुर शाहीले जानकारी दिए ।
उक्त सुनसँगै प्रहरीले एकक जनालाई समेत पक्राउ गरेको छ । उक्त गाडीका चालक २४ वर्षका किशोर भुजेललाई पनि प्रहरीले पक्राउ गरेको छ। उनी पनि रसुवाकै हुन्।

