काठमाडौँ । काठमाडौंबाट लुक्ला जाँदै गरेको समिट एयरको एउटा जहाज इन्जिनमा समस्या देखिएपछि काठमाडौंमै फर्किएको छ ।
आज बिहान ६ः१२ बजे काठमाडौंबाट उडेको ट्वीनअटर जहाज रामेछाप पुग्दा समस्या देखिएपछि काठमाडौं फर्किएको हो ।
सो जहाज आकस्मिक अवतरण गराइएको छ । यसबारे विस्तृत विवरण आउन बाँकी छ ।

