२०८३, आश्विन २३ गते

images

पैसा लिएर दैनिक ४ सय जना भिजिट भिसा,अख्तियारको नियन्त्रणमा विमानस्थल प्रमुख भट्टराई

पैसा लिएर दैनिक ४ सय जना भिजिट भिसा,अख्तियारको नियन्त्रणमा विमानस्थल प्रमुख भट्टराई

बुधवार, जेठ ७ २०८२०५:५०
बुधवार, जेठ ७ २०८२०५:५०
  • images

    काठमाडौँ । गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराईलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ । केहीबेरअघि अख्तियारले भट्टराईलाई नियन्त्रणमा लिई टंगालस्थित कार्यालयमा लगेको छ ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रमुख अध्यागमन अधिकृत रहेका भट्टराईलाई मंगलबार बेलुका आकस्मिक रुपमा गृह मन्त्रालयमा सरुवा गरिएको थियो । उनलाई सरुवा गरेर गृहले पाँचथरका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कोइरालालाई प्रमुख अध्यागमन अधिकृतका रुपमा पठाउने निर्णय गरेको थियो । 

    स्रोतका अनुसार अख्तियारले केही साताअघिबाटै यस विषयमा अनुसन्धान गरिरहेकोमा विमानस्थल अध्यागमनमा छापा हान्ने सुइँको पाएपछि गृहले हतारमा भट्टराईलाई सरुवा गरेको हो ।

    भट्टराईमाथि नेपालबाट भिजिट भिसामा दुबईलगायतका मुलुक जानेबाट रकम असुल्ने गरेको आरोपमा उजुरी परेपछि अनुसन्धानमा तानिएका थिए । त्यसपछि बुधबार उनलाई अख्तियारले अनुसन्धानका लागि नियन्त्रणमा लिएको हो ।

    भट्टराई अहिले सोधपुछका लागि अख्तियारको नियन्त्रणमा छन् । विमानस्थल अध्यागमन स्रोतका अनुसार अख्तियारले विमानस्थलबाट कम्प्युटरलगायतका कागजातसमेत नियन्त्रणमा लिएको छ ।

    दैनिक ४ सय जनासम्मलाई भिजिट भिसामा पठाएर प्रतिव्यक्ति २० हजारदेखि ४० हजार रुपैयाँसम्म रकम असुल्ने गरेको उजुरी समेत अख्तियारमा परेको स्रोतले बतायो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend