२०८३, आश्विन २३ गते

images

सभामुखको कार्यकक्षमा पुगे मुख्यसचिव र सचिव

सभामुखको कार्यकक्षमा पुगे मुख्यसचिव र सचिव

बिहिवार, जेठ ८ २०८२०२:२४
बिहिवार, जेठ ८ २०८२०२:२४
  • images

    काठमाडौँ । ‘कुलिङ पिरियड’ हटाउन माग गर्दै मुख्यसचिव र सचिवहरू प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसमक्ष पुगेका छन् । मुख्यसचिव एकनारायण अर्यालको नेतृत्वमा विभिन्न मन्त्रालयका सचिवहरू अहिले सिंहदरबारस्थित सभामुख घिमिरेको कार्यकक्षमा पुगेका हुन् ।

    उनीहरूले हाल संसद्मा छलफलमा रहेको निजामती विधेयकमा ‘कुलिङ पिरियड’ नराख्न माग गर्दै डेलिगेसन दिँदै आएका छन् । संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले निजामती विधेयकमा २ वर्षको ‘कुलिङ पिरियड’ राख्ने व्यवस्था पारित गरिसकेको छ ।

    पदमा बहाल छँदैदेखि राजनीतिक ‘सेटिङ’ मिलाएर संवैधानिक आयोगलगायत विभिन्न राजकीय पदमा नियुक्ति लिने प्रवृत्तिको अन्त्य गर्न भन्दै सांसदहरूले दुईवर्षे ‘कुलिङ पिरियड’को व्यवस्था गर्नुपर्ने निष्कर्षमा पुगेका थिए । उक्त व्यवस्थासहितको विधेयक राज्यव्यवस्था तथा सुशासन समितिबाट २ जेठमा सर्वसम्मतिले पारित भएको थियो ।

    जसका कारण उक्त व्यवस्था हटाउन माग गर्दै मुख्यसचिव र सचिवहरूले भने नेताहरूको घरदैलो गरिरहेका हुन् । यसअघि उनीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सिंहदरबारमा र कांग्रेस सभापति शेरबहादुर देउवालाई बुढानीलकण्ठमा भेटेरै उक्त प्रावधान हटाउन दबाब दिएका थिए ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend