२०८३, आश्विन २३ गते

images
  • समाचार
  • बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभाव,...

बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभाव, देशका अधिकांश भागमा बदली हुने

बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभाव, देशका अधिकांश भागमा बदली हुने

शुक्रवार, जेठ ९ २०८२०७:४०
शुक्रवार, जेठ ९ २०८२०७:४०
  • images

    काठमाडौँ । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी  र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम  सफा रहनेछ । 

    कोशी, मधेस, बागमती, गण्डकी  र लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशका पहाडी भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपात हुनसक्ने  छ । 

    महाशाखाका अनुसार आज राति कोशी, मधेस, बागमती, गण्डकी  र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम  सफा  रहनेछ । 

    कोशी, मधेस, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपात हुनसक्ने छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend