२०८३, आश्विन २३ गते

images
  • समाचार
  • तीन वटा हिमताल फेला, बाढीको कारण...

तीन वटा हिमताल फेला, बाढीको कारण विस्फोट भएको आशंका

तीन वटा हिमताल फेला, बाढीको कारण विस्फोट भएको आशंका

सोमवार, जेठ १२ २०८२१२:१२
सोमवार, जेठ १२ २०८२१२:१२
  • images

    काठमाडौँ । हुम्लाको नाम्खा गाउँपालिका-६, तिलगाउँमा गएको बाढी पहिरोबारे अध्ययन गर्न गएको प्राविधिक टोलीले तीन वटा हिमताल पत्ता लगाएको छ । पछिल्लो पटक अध्ययन गर्न गएको प्राविधिक टोलीले ५ हजार ३ सय ५० मिटर उचाइमा  तीन वटा हिमताल रहेको पत्ता लगाएको हो ।

    यसअघि स्थानीय युवाहरूले दुई वटा हिमताल भेटिएको बताएकामा अध्ययन टोलीले तीन वटा भएको पुष्टि गरेको हो । साथै उक्त अध्ययन टोलीले हिमतालहरूको विषयमा अध्ययन गरिरहेको अध्ययन टोलीका सदस्य शिवकुमार बास्कोटाले जानकारी दिए ।

    अध्ययन टोलीमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सिनियर डिभिजनल इन्जिनियर सुशील कुमार श्रेष्ठ, खानी तथा भूगर्भ विभागका सिनियर डिभिजनल जियोलोजिष्ट शिवकुमार बास्कोटा र जल तथा मौसम विज्ञान विभागका हाइड्रोलोजिष्ट सौहाद्र जोशी छन् । 

    यही जेठ १ गते राती बाढी र सुख्खा पहिरोका कारण तल्लो तटीय क्षेत्र नाम्खा गाउँपालिका–६  तिल गाउँका १८ घरका ३२ जना परिवार विस्थापित भएका थिए । हिमताल फुटेकाले बाढी आएको आशंका गरिएको छ । बाढी र पहिरोले बस्ती जोखिममा परेपछि स्थानीयहरू गाउँभन्दा केही पर एक विद्यालयमा आश्रय लिइरहेका छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend