२०८३, आश्विन २३ गते

images
  • समाचार
  • मन्त्रिपरिषद्को बैठक बस्दै, सचिव वढुवादेखि सरुवासम्मका...

मन्त्रिपरिषद्को बैठक बस्दै, सचिव वढुवादेखि सरुवासम्मका एजेण्डा

मन्त्रिपरिषद्को बैठक बस्दै, सचिव वढुवादेखि सरुवासम्मका एजेण्डा

सोमवार, जेठ १२ २०८२०६:३६
सोमवार, जेठ १२ २०८२०६:३६
  • images

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ ६:३० बजे बालुवाटारस्थित सरकारी निवासमा मन्त्रिपरिषद् बैठक बोलाएका छन्।

    आजको बैठकमा मन्त्रालयहरूका नियमित प्रस्तावमाथि छलफल र निर्णयका साथै केही प्रशासनिक निर्णयहरू पनि हुनेछन्। आजको बैठकले प्रशासन र प्राविधिकतर्फ एकरएक गरी दुई जना सहसचिवलाई सचिव (विशिष्ट श्रेणी) मा बढुवा गर्दै छ ।

    महालेखा नियन्त्रक गणेशप्रसाद पाण्डेको अवकाशपछि रिक्त सचिव पदका लागि सहसचिवहरू भूपाल बराल, डण्डुराज घिमिरे र खगेन्द्रप्रसाद सुवेदीको नाम सिफारिस भएको छ। आजको बैठकले तीमध्ये एक जनालाई सचिवमा बढुवा गर्नेछ।

    यस्तै, प्राविधिकतर्फ रिक्त सचिव पदका लागि वरिष्ठ सहसचिवहरू दिनानाथ मिश्र, चिरञ्जिवी चटौत र जगदीश्वर कर्माचार्यको नाम सिफारिस गरेको छ । 

    आजको बैठकले प्राविधिक तर्फ र प्रशासनिक तर्फ एक एक जनालाई सचिवमा बढुवा गर्नेछ । दुई सचिवको बढुवासँगै केही दिनअघि बढुवा भएका शोभाकान्त पौडेल गरी तीन जना सचिवको पदस्थापन हुनेछ। पदस्थापनका क्रममा केही सचिवको सरुवा पनि हुन सक्नेछ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend